सन्धिखर्कको टुडीखेलमा बृहत निशुल्क योग विज्ञान शिविर शुरु (भिडियो, तस्बिर सहित)

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची जेष्ठ २३  । गरौं योग, रहांै निरोग भन्ने मुख्य नाराका साथ अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको टुडीखेलमा आज देखी बृहत निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । बिहान साढे ४ बजेबाट सुरु भएको शिविरको सन्धिखर्क नगरप्रमुख कमल प्रसाद भुसालले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभयो ।
 
उद्घाटन गर्दे नगरप्रमुख भुसालले मानिस स्वस्थ्थ,खुसी र रोगबाट मुक्त रहनका लागि योगा महत्वपूर्ण भएको भन्दै आफु पनि योग गर्ने बानिमा केन्दित रहेको बताउनु भयो । योगाबाट व्यक्ति स्वस्थ्य निरोगी रहनुका साथै दैनिक कामकाजमा समेत टेवा पुग्ने भएकोले भुसालले निशुल्ल शिबिरको फाईदा उठाउन सबैलाई आग्रह समेत गर्नुभयो ।
 
यस्तै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सुखी, खुसी र निरागी रहनका लागी सक्रियतापुर्बक योगामा सहभागी बन्न सबैलाई आग्रह गर्नु भयो ।
 
उद्घाटन कार्यक्रम पतञ्जली योग समितीका केन्द्रीय सदस्य तथा शिबिर व्यबस्थापन मुल समारोह समितीका संयोजक शान्ता खत्रीको अध्यक्षता, सहसंयोजक धर्मराज भुसालको स्वागतमा मनतब्य र साथी सहकारीका संस्थाका कार्यकारी निर्देशक एवं मुल आयोजक समितिका सदस्य सचिव प्रकाश भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
२३ गतेबाट सुरु भएको शिबिर जेठ २७ गते सम्म नियमित सन्चालन हुने आयोजकले जनाएको छ । शिबिर बिहान साढे ४ बजेबाट सुरु भै साढे ६ बजेसम्म सन्चालन हुने छ । शिबिरमा जिल्ला भरबाट करिब १ हजार भन्दा बढी सहभागीहरुको उपस्थित रहेको छ । आज सम्पन्न शिबिरमा योग प्रशिक्षक लोकनाथ खनालले प्रशिक्षण दिनुभएको थियो ।

अन्य समाचारहरु