सन्धिखर्कमा नयाँ प्रहरी नायव उपरिक्षक प्रकाश विष्टलाई स्वागत, नवराज मल्ललाई विदाई (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भएर आएका नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्टलाई स्वागत गरिएको छ । 
नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्टलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
यस्तै नेपाल प्रहरी अस्पताल महाराजगन्ज प्रशासन काठमाडौंमा सरुवा भएर गएका पुर्व प्रहरी नायव उपरिक्षक नवराज मल्ललाई विदाई गरिएको थियो । 
प्रकाश विष्ट प्रजिल्ला प्रहरी कार्यालय धादिङबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आएका हुन् । 
प्रहरी प्रधान कार्यालयका अनुसार यस अघिका प्रहरी नायव उपरिक्षक नवराज मल्ल नेपाल प्रहरी अस्पताल महाराजगन्ज प्रशासन काठमाडौंमा सरुवा भएर गएका छन् । उनी तुल्सीराम आर्यालको ठाउँमा जाने भएका छन् ।  तुल्सीराम आर्याल प्रदेश नम्बर ५ सशस्त्र प्रहरी गण मुख्यालय कोहलपुर बाकेमा सरुवा भएका छन् ।  

अन्य समाचारहरु