भगवती मावि कुर शंखेटारी सन्धिखर्कमा एक दिने प्रशिक्षण तथा योग ज्ञान शिविर सम्पन्न

शोभाखर पन्थी
कुर शंखेटारी, अर्घाखाँची जेठ २४ । भगवती माध्यमिक विद्यालय कुर शंखेटारीका विद्यार्थीले स्कुल पढ्न जाँदा घरमा तयार गरिएको खाजा लैजाने भएका छन् । पसलमा पाइने चाउचाउ, विष्कुट ,दालमोठ लगायतको जङ्गफुट खाजाको रुपमा खाँदा  स्वास्थ्य मा गम्भिर समस्या आउने देखेपछि उनीहरुले घरबाट नै खाजा लिएर विद्यालय जाने प्रतिबद्धता जनाएका हुनू ।
पतञ्जली योग समिति अर्घाखाँचीले विद्यार्थीहरुका लागि आयोजना गरेको एक दिने प्रशिक्षण तथा योग ज्ञान शिविरका सहभागि विद्यार्थी उनीहरुले स्वास्थ्यलाई ध्यान दिएर आहार विहार गर्ने बताए । कार्यक्रममा मन्तव्य राख्दै पतञ्जली योग समितिका केन्द्रिय सदस्य लोकनाथ खनालले शारिरीक र मानसिक स्वास्थ्यको लागि योग अपरिहार्य रहेकोे बताउनु भयो । उहाँले सकारात्मक साेंच र श्रमशिलताले मानिसलाई महान बनाउने बताउनुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै पतञ्जली योग समितिका केन्द्रिय सदस्य शान्ता खत्रीले विकृति र विसंगतिको अन्त्य गरी सम्मुन्नत समाज निर्माण गर्नको लागि योगको आबश्यकता पर्ने बताउनुभयो । उहाँले बिद्यालयको पाठ्यक्रममा योग र नैतिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने मा जोड दिनुभयो भयो । आधुनिकता सँगै समाजमा विकृति र विसंगतिले जरो गाडेको उहाँको गुनासो थियो । बिद्यालयका प्रधानाध्यापक श्याम बहादुर भुसालको अध्यक्षता र शिक्षक विजुला रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा पतञ्जली योग समितिका प्रदेश सदस्य विना पन्थी लगायतले समेत मन्तब्य राख्नुभएको थियो ।
 

अन्य समाचारहरु