श्याम घिमिरे
सन्धिखर्क, जेठ २४ अर्घाखाँची – मदर ल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुल सन्धिखर्क नगरपालिका १ को १२ औं अभिभाबक दिवस तथा पुरस्कार बितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका प्रमुख कमल प्रसाद भुसालले बिद्यार्थी शिक्षक र अभिभाबक बिच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउनु भयो ।
त्रिपक्षय सम्बन्ध राम्रो र समन्वयकारी भएमा मात्र अध्ययन अध्यापन कार्यमा सहज हुने भन्दै भुसालले सोही अनुसार अघी बढेमा समग्र बिद्यालको अबस्था सुधार हुने धारणा व्यक्त गर्नुभयो । बिद्यालय प्रबिधि र समाज संगसंगै अगाडी बढेमा जस्तोसुकै सफलता चुम्न सकिने बताउदै भुसालले अग्रेजी बिषय मात्रै जानेर टाठो नहुने हुनाले सबै बिषयमा बिद्यार्थीले ध्यान दिनुपर्ने जोड समेत दिनु भयो ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद भुसालको अध्यक्षता,शिक्षक मणीराम आचार्यको स्वागत मनतब्य र युबराज गैरेको सन्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रिन्सिपल सागर पाडेले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाइ प्रमुख मनिराम पराजुली,सनपा १ का वडाअध्यक्ष युबराज बन्जाडे,सामुदायीक प्रहरी सेबा केन्द्रका अध्यक्ष रामबहादुर चौहान,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली,अभिभाबक गोबिन्द भुसाल,बिद्यार्थी पुजा अधिकारी बिप्लब खनाल लगायतले शुभकामना मनतब्य राख्दै बिद्यालको उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको हो ।
कार्यक्रममा बिद्यालयलाई बिशेष योगदान पु¥याए बापत बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र प्रदान गरीएको थियो । यस्तै शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्र छात्राहरुलाई पुरस्कार समेत बितरण गरीएको हो ।
कार्यक्रममा बिद्यालयलाई बिशेष योगदान पु¥याए बापत बिभिन्न ब्यक्तिहरुलाई सम्मान गर्नुका साथै प्रशंसा पत्र प्रदान गरीएको थियो । यस्तै शैक्षिक सत्र २०७५ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्र छात्राहरुलाई पुरस्कार समेत बितरण गरीएको हो ।
यसैबिच दिबसको अबसरमा आयोजित अभिभाबक बिचको तातो आलु खेल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने पुजा गीरीलाई समेत पुरस्कृत गरीएको थियो ।
१२ बर्ष अघि स्थापना गरीएको बिद्यालयमा हाल साढे ४ सय बिद्यार्थीले अध्ययन गर्नुका साथै २९ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेको प्रिन्सिपल सागर पाडेले जानकारी दिनु भयो ।