सन्धिखर्क १ को आयोजनामा वार्ड स्तरिय भलिबल प्रतियोगिता शुरु

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को आयोजनामा वार्ड स्तरिय भलिबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले बल सर्भिस गरेर उदघाटन गर्नु भएको थियोे ।
वार्ड अध्यक्ष युवराज बन्जाडेको अध्यक्ष तामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने प्रहरी निरिक्षक खिम बहादुर घम जिल्ला खेलकुद बिकास समिति अध्यक्ष सिद्धि प्रसाद भुसाल पत्रकार माहासघ अध्यक्ष हिम लेकाली पत्रकार सहयोगी बिसि सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी ८ का अध्यक्ष ईश्वरीप्रसाद भुसाल वार्ड नम्बर १२ का अध्यक्ष नारायण खड्का राष्ट्रिय बाणिज्य बैक का प्रबन्धक गोपाल न्यौपाने नगरसभा सदस्य हरु सुस्मा श्रेष्ठ बल बहादुर बिसि अासा परियार सुमित्रा मुखिया लगाएतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।
कार्यक्रम युवा ब्यबसायी तथा नगरसभा सदस्य लक्ष्मण पराजुलीको स्वागत मन्तब्य वार्ड सचिब कमल पोख्रेलको सन्चालनमा सुरु भएको हो ।प्रतियोगितामा ७ टिमले सहभागीता जनाएका छन ।

अन्य समाचारहरु