समान्ता पाण्डे
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा न १ को आयोजनामा सन्चालन भएको नगर वडा स्तरीय पुरुष खुल्ला भलिवल प्रतियोगिता आज सकिएको छ ।
सन्धिखर्क टुडिखेल मैदानमा सम्पन्न प्रतियोगिताको उपाधी सन्धिखर्क ६ नरपानीले हात पार्यो । भने सन्धिखर्क ११ डिभर्नाले दोस्रो स्थान प्राप्त गर्यो ।
त्यस्तै सन्धिखर्क ८ किमडाडा तेस्रो भयो । बिजय टीमलाई वडा अध्यक्ष युवराज बन्जाडे , ८ का वडा अध्यक्ष ईश्वरी प्रसाद भुसाल लगायतले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । प्रथम , द्वितीय र तृतीय हुनेले क्रमश १५०००, १००००, र ५००० को साथामा मेडेल र प्रमाण पत्र प्राप्त गरे । कार्यक्रममा प्रतियोगितामा विभिन्न तह तप्काबाट सहयोग गर्नेहरुलाई समेत सम्मान गरिएको थियो ।
समापन कार्यक्रम वडा अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता तथा सन्चालन शिव बेल्बासेले गरेका थिए ।
प्रतियोगितामा ७ वटा समुहको सहभागी रहेको थियो । प्रतियोगिता २ दिन सम्म सन्चालन भएको हो ।