अशोक खनाल
सिमलपानी, अर्घाखाँची । पशुपालनमा आत्मनिर्भर बनौ भनौ भन्ने मुल उदेश्य का साथ उन्नत जातका बाख्रा, कुखुरा तथा बङुर पालन सम्बन्धि एक दिने अभिमुखिकरण तालिम अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर १४ सिमलपानीको पावरमा सम्पन्न भएको छ।
नगर प्रमुख सुर्य प्रसाद अधिकारी को प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रम मा नगर उप प्रमुख टीका राम रेश्मी पशु प्राबिधिक हरु गणेश थापा सुभाष बन्जाडे लगायत को उपस्थिति रहेको थियोे ।
करिब ८० जना भन्दा बढी अगुवा कृषक हरुको उपस्थिति रहेको कार्यक्रम मा मन्तव्य राख्दै नगर प्रमुक अधिकारी भन्नू भयो जस्ले ब्याबसाहिक रुपमा कृषि र पशुपालन गर्छ तिनी हरुको निम्ति ५० % अनुदान दिनु का साथै कृषि तथा पशु बिमा गरिदिने प्रतिबद्धता ब्याकत गर्नुका गर्नु भयो भूगोल को हिसाबले देश कै ठुलो नगरपालिका भएता पनि केन्द्र र प्रदेश सरकारले १५० बर्ग कि.मि.भएका स्थानीय निकाय र ७००बर्ग कि.मि.भएको आफ्नो सितगगा नगरपालिका लाई समान्तर बजेट पठाउनु न्याय संगत नभएको भन्दै दुख ब्याक्त गर्नु भयो
सोही कार्यक्रम मा मन्तब्य राख्दै नगर उपप्रमुख रेश्मी ले यश सितगगा नगरपालिका को १४ न. वडा लाई जल जग्गा र जङ्गल ले साथ दिएको भन्दै परम्परागत ढंगले नभइ आधुनिक ढंग बाट कृषि र पशुपालन मा लागी स्वोरोजार बन्न सबै मा अनुरोध गर्दै यस नगरपालिका लाई कृषि र पशु पालन को क्षेत्रमा देश कै नमूना बनाइ छाड्ने ठोकुवा गर्नु भयो।
वडा न.१४ का वडा अध्यक्ष दामोदर न्यौपाने को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सन्चालन वडा सचीव लेखनाथ पोख्रेल ले गर्नु भएको थियोे ।
कार्यक्रम प्रश्यात रास्ट्रपति चुरे मधेस संरक्षण बिकाश समिति बाट सितगगा १४ को मुन्दिबासमा निर्माणधिन ड्याम को समेत निरीक्षण गरिएको थियो।