अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाकाे आयाेजना र अर्घाखाँची आयुर्वेद स्वास्थय केन्द्रकाे सहयाेगमा जिल्लाकाे ढाकावाङमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर आज सम्पन्न भएकाे छ ।
ढाकावाङकाे पिपलनेटामा सम्पन्न शिविरमा नगरपालिकाका १ र २ नं वडाका करीव ३५० जनाले सेवा लिएकाे जनाईएकाे छ ।
कार्यक्रमकाे उद्घाटन गर्दै भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले स्वास्थ्य नै मुख्य धन रहेकाे भन्दै आफ्नाे स्वास्थ्यप्रति चनाखाे रहनुपर्नेमा जाेड दिएका थिए ।
जिल्ला आयुर्वेद प्रमुख डा अर्जुनराज शर्मा सहित सात जनाकाे चिकित्सक टाेलीले सुगर सहित निशुल्क स्वास्थ्य परिक्षण गरेकाे थियाे ।
स्वास्थ्य परिक्षणकाे क्रममा ग्याष्ट्रिक बाथराेगका बिरामी बढी रहेकाे पाईएकाे र खानपानमा ध्यान दिन आह गरिएकाे भुमिकास्थान नगरपालिकाका कम्प्युटर अपरेटर नारायण बन्जाडेले जानकारी दिए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका २ नं वडाका अध्यक्ष बुद्धि बहादुर थापा, विश्व माध्यमिक बिद्यालयका प्रधानाध्यापक जुमलाल खनाल, तेज प्रसाद दमासे लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रम वडा नं १ का वडाअध्यक्ष भाेजराज खनालकाे अध्यक्षता र आयुर्वेद स्वास्थ्य केन्द्रका कमल अाचार्यकाे संचालनमा सम्पन्न भएकाे हाे ।
समाचार हरि प्रसाद भुसालबाट