सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका संस्थापक सभापति विष्णुप्रसाद भुसालले सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घालाई भबन निर्माण गर्नका लागि जग्गा प्रदान गर्नु भएको छ ।
साविक अर्घा २ हाल सन्धिखर्क ९ मा रहेकाे आफ्नाे पाँच लाख मूल्य बराबरकाे जग्गा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ काे वार्ड कार्यालय भवन निर्माणका लागि नि:शुल्क जग्गादान गर्नु भएको हो ।
भुसालले सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाललाई जग्गा धनी लालपुर्जा हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिक, वार्ड नम्बर ९ का अध्यक्ष देब बहादुर रायमाझी लगायतको उपस्थितिमा जग्गा पुर्जा हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसालले जग्गा प्रदान गर्ने भुसाल परिबारलाई धन्यवाद प्रदान गरि शुभकामना दिनु भएको थियोे ।
जग्गा धनी प्रमाणपत्र नगरप्रमुख भुसालले वार्ड अध्यक्ष देब बहादुर रायमाझीलाई हस्तान्तरण गर्नु भएको हो । सो जग्गामा सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ ले भबन निर्माण गरि जन्तालाई आफ्नो भबनबाट सेवा दिने छ ।