बिष्णु पौडेल
बुटवल (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जुकेना रुपन्देही सम्पर्क समाजको दोस्रो तथा अर्घाखाँची जुकेना रुपन्देही सहकारीको पहिलो वार्षिक साधारणसभा बुटवल स्थित होटल हिलटाउनमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्ष यसै संस्थाका अध्यक्ष नुमेन्द्र पौडेलले गर्नुभएको थियोे भने कार्यक्रमको प्रमुख अतिथि प्रदेश न ५ का प्रदेश सभा सदस्य रामजी घिमिरे, अतथिहरु कमल प्रसाद पौडेल, थानेश्वर बेल्बासे, यज्ञप्रसाद आचार्य, नेत्र पोख्रेल, झबिन्द्र पौडेल, रहनु भएको थियो।
संस्थाका सचिव माधब न्यौपानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा साधारणसभा आयोजक समिति संयोजक बिष्णु पौडेलले स्वागत मन्तब्य राख्नु भएको थियोे।
कार्यक्रममा संस्थाका अध्यक्षले बार्षिक प्रतिबेदन पेश , कोषाध्यक्ष भिम पौडेलको अनुपस्थितका कारण कोषाध्यक्षको प्रतिवेदन यसै संस्थाका सक्रिय सदस्य गोपाल पौडेलले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा २०७५/१२/०२ मा भएको बृहत रक्तदान कार्यक्रमका ६० जना रक्तदाता लाई प्रमाणपत्र तथा सम्मान, वृद्ध लाई सम्मान, गर्नुका साथै प्रमुख अतिथि प्रदेश सभा सदस्य रामजी घिमिरेले आफुले अर्घाखाँचीको शितगंगा जुकेना क्षेत्रमा बिकासको लागि आफु लागिपरेको तथा यस संस्थालाई पनि आफुले सक्ने सहयोग गर्न पछि नपर्ने बताउनुभयो ।