सन्धिखर्कमा नयाँ प्रहरी प्रमुख प्रकाश विष्टसँग परिच्यात्मक तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा सरुवा भएर आएका नयाँ प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्टसँग परिच्यात्मक कार्यक्रम  तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
  
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा रहेको “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम हलमा यस जिल्लामा क्रियाशिल रहेका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, स्थानिय तहका जनप्रतनिधिहरुसँग जिल्लाको समसामयिक शान्ती सुरक्षाको वस्तुस्थिती, प्रहरीले अवलम्बन गर्नु पर्ने रणनिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरु र समुदायको प्रहरीसँगको अपेक्षाको बारेमा अन्तरक्रिया तथा यस कार्यालयमा नवआगन्तुक कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टसँग परिच्यात्मक कार्यक्रम सम्पन्न भएको हो । 

अन्य समाचारहरु