हरि कुवर
बाँगी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नम्बर -५ बाँगीको प्युडाडामा पहिलो पटक बस पुग्दा स्थानीयहरु खुसी भएका छन ।
प्युडाडामा पहिलोपटक बस पुग्दा चालकलाई नोट्कामालाले स्वागत गरेका थिए । प्युडाडा बाट सुपादेउराली को यात्रा तय गरेको थियो । लु २ ख २१४४ नं. का बस चालक बसन्त कुँवरले पहिलोपटक गाउँमा बस पुराएका छन् । कुँवर सानै देखि बाँस का गाडा पाइपका पाङ्गरा बनाएर चलाउने गर्थे मालारानीको गुराँसेमा पनि पहिलो पटक पुराउने कुसल ड्राइभ हुन ।
कच्ची सडक चौडा पारेको करिब ४ वर्ष पछि आइतबार पहिलोपटक गाउँमा बस पुगेको हो । बस पुगेपछि स्थानीयवासीले हर्षित हुँदै बसका चालक र सह चालक लाई अविर नोट्कोमालाले स्वागत गरेका हुन ।
बस पुगेपछि स्थानीयवासीले खुशियालीमा एकअर्कामा सुपादेउराली पुगी अबीरजात्रा पनि गरेका थिए ।