अर्घाखाँचीका पत्रकारद्वारा मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग

सागर महत
सन्धिखर्क, अर्घाखाँची  । सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी तथा संविधानको मर्म विपरित रहेको भन्दै अर्घाखाँचीका पत्रकारहरुले बिधेक फिर्ता लिन सरकार संग माग गरेका छन । 
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम जिसी लेकालीले महासंघको आन्दोलन कुनै राजनीतिक दलको विरोधमा र कसैको पक्षमा नभएको भन्दै त्यो प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनु भयो ।
रिपोटर्स क्लब नेपाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सम्पन्न साक्षत्कार कार्यक्रममा मन्तब्य राख्दै जिसीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने खालको रहेको भन्दै त्यसलाई सच्याउन सरकार संग जिसीले माग गर्नु भएको छ ।यस्तै कार्यक्रममा मन्तव्य राख्ने पत्रकारहरुले मिडिया काउन्सिल विधेयक पत्रकारको हकहित भन्दा बाहिर रहेकाले यसलाई समयमा सरकारले ध्यान आकर्षण गर्न नसकेमा चरणबद्ध आन्दोलनमा जान माध्य हुने बताएका छन ।
कार्यक्रममा रिपोटर्स क्लब नेपाल ५ नं.प्रदेश अध्यक्ष राम कुमार क्षेत्री,पत्रकार महासंघका पुर्ब अध्यक्ष निमबहादुर रिजाल,प्रदेश सदस्य प्रेमनारायण आचार्य,पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गणेश खनाल,सचिब सुर्य प्रसाद भुसाल,कोषाध्यक्ष बिनोद गैरे,मानब अधिकार तथा शान्ति समाजका अध्यक्ष अशोक पौडेल,प्रेस चौतारीका काबा अध्यक्ष हृदय कुमार भुसाल,प्रेस युनियनका उपाध्यक्ष सरीता भुसाल,प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम घिमिरे,नयाँ एफएमका प्रतिनिधि हरीप्रसाद भुसाल लगायतले मनतब्य राख्दै बिधेक फिर्ता लिन सरकार संग जोडदार रुपमा माग गरेका थिए ।
कार्यक्रम पत्रकार नबिन केसीको अध्यक्षता र घनश्याम पौडेलको सन्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु