अर्घातोषमा प्रहरी चौकीको भवन शिलान्यास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं.८ अर्घातोष स्थित प्रहरी चौकी अर्घातोषको भवन शिलान्यास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  
 समुदाय प्रहरी साझेदारी अवधारणा बमोजिम स्थानीय तहसँगको साझेदारीमा आज सोमबार जिल्ला अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नं.८ अर्घातोष स्थित छत्रदेव गाउँपालीकाको आर्थिक सहयोगमा निर्माण गरीने प्रहरी चौकी अर्घातोषको भवन छत्रदेव गाउँपालीकाका अध्यक्ष लेखनाथ पोखरेल र प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले संयुक्त रुपमा शिलान्यास गरेका थिए । 
शिलान्यास कार्यक्रममा स्थानीय समसामयिक सुरक्षा स्थितीका विषयमा स्थानियबासीहरुसंग छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

अन्य समाचारहरु