सन्धिखर्कमा प्रहरी प्रमुख प्रकाश विष्टसँग पत्रकारहरुको परिच्यात्मक तथा सुरक्षासँग सम्बन्धित छलफल कार्यक्रम सम्पन्न ( तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा भर्खर मात्र सरुवा भै आएका नवआगन्तुक प्रहरी प्रमुख प्रकाश विष्टसँग जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । 
 जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा रहेको “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम हलमा जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुसँग जिल्लाको समसामयिक शान्ती सुरक्षाको वस्तुस्थिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरुको बारेमा छलफल भएको थियो । 

अन्य समाचारहरु