अनिल नेपाली / अर्घाखाँचीडट्कम संवाददाता
खनदह (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाकाे खनदहमा ५ दिने आधारभुत पत्रकारीता तथा रेडियाे उद्घघाेषण तालिम शुरु भएको छ ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे आयाेजना, मालारानी गाउँपालीकाकाे आर्थिक सहयाेग र रेडियाे मालारानीकाे समन्वयमा मालारानी गाउँपालिकाकाे खनदहमा ५ दिने आधारभुत पत्रकारीता तथा रेडियाे उद्घघाेषण तालिम शुरु भएको हो ।
कार्यक्रमा मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष आचार्यले भौतिक विकासको साथसाथै सञ्चार लाई गाँउपालिकाले पहिलो प्राथमिकतामा राखेको बताउँदै सञ्चारको विकास विना कुनै पनि विकास नहुने बताउँदै सञ्चारको विकास गर्नको लागि आफुले कार्यक्रमको आयोजना गरेको बताउदै विगतमा भएका आन्दोलनमा पनि सञ्चार क्षेत्रको अतुलनीय भुमिका रहेको बताउदै गाँउपालिको कृषि सहकारी मार्फत सम्बृद्धी बताउनको लागि परेको बताउनुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै मालारानी गाँउपालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले सञ्चारको विकास अनिवार्य रहेको बताउदै सञ्चारको विकासलागि आफुले पालिकाबाट सहयोग गर्न बताउनुभयो कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अघिकृत खगेन्द्रराज मरासिनीले पत्रकारिता आफैमा सान्दभिक विषय भएकोले यसको स्तरन्नबती गर्नको लागि सबै लाग्नुको विकल्प नरहेको बताउँनुभयो ।