खनमा काग्रेस परित्याग गरि ४४ जना नेकपामा प्रबेश

नबिन के.सी
खन, अर्घाखाँची । मालारानी गाउँपालिकाको वार्ड नं ४ खनमा नेपाली काग्रेस परित्याग गरि ४४ जना नेकपामा प्रबेश गरेका छन ।
 नब प्रबेशीहरुलाई नेकपाका नेता तथा मालारानी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष बिष्णुप्रसाद पोख्रेल र गंगाराम खनालले ले अभिर लगाई नेकपाको सदस्यता प्रधान गर्नु भएको थियो । 
कार्यक्रममा नेकपाका नेताहरु लिला कि.क , खिमा खनाल , रिर्षी पोख्रेल , बलराम भुसाल , भबिष्वर पोख्रेल , देबिराम खनाल ,बिष्णु बि.क लगाएतका नेताहरुको आतिथ्यता रहेको थियो । नेपाली काग्रेसले आफनो निती छाडेर व्याक्ति बादी भएका कारण अब नेकपाले मात्रै जनताको पक्षमा काम गर्ने भन्दै पार्टि परित्याग गरेको मालारानी ४ बतासेडाडाँ निबासी प्याउली बि.क ले बताईन । 
‘हामिले अपेक्षा गरे अनुशारकाम नेपाली काग्रेसले गर्न सकेन , नेकपा सरकारले जनमुखी कार्यक्रम ल्याएको र गरिब दु.खीलाई हेर्ने काम गरेकाले ४४ जना नेकपामा प्रबेश गरेका छौ । ’ 
मालारानी गाउँपालिका वडा नं ४ खन स्थानीय तहको निर्बाचनका बेला तत्कालीन अबस्थामा नेपाली काग्रेस एनेकपा माओबादी संग तालमेल गरेर नेकपा एमाले संग १८ मतले पराजित भएको थियो । अहिले नेकपा एकिकरण पछि भने नेकपा अगाडि रहेको छ । 
उक्त क्षेत्रमा नेपाली काग्रेस परित्याग गरि नेकपामा प्रबेश गर्नेको लहर आएको नेकपाका नेता बलाराम भुसालले बताए ।

अन्य समाचारहरु