सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालीले आजका साना बिधार्थिहरु भोलि राष्ट्रका कर्णधार भएकोले उनिहरुलाई राम्रोसँग शिक्षा दीक्षा दिनु पर्ने बताउनु भएको छ ।
सन्धिखर्कमा बाल शिक्षा सामाग्रीहरु बितरण गर्दै प्रमुख प्रसासकिय अधिकृत ज्ञवालिले शैक्षिक क्षेत्रको बिकासका समाज सबै लाग्नु पर्ने बताउदै गुणस्तरीय शिक्षाका लागि सरोकारवालाहरुले ध्यान नदिए सम्म गुणस्तरीयता कागजमा मात्रै सिमित हुने भएकोले बिधार्थिहरुको भबिस्य राम्रो बनाउनका लागि अभिभावक नै लाग्नु पर्नेमा जोड दिनु भयो ।
ज्ञवालीले नगरपालिका भित्रको शैक्षिक क्षेत्रको व्यापक सुधार गर्ने तर्फ नगरपालिका लागि परेको बताउदै बिधार्थिहरुका लागि सामाग्री उपलब्ध गराउन पाउँदा आफु निकै हर्षित रहेको बताउदै स्थानीय सरकार सन्चालन एैन अन्तरगत नगरपालिका स्तरिय शैक्षिक नीति कानुन बनाएर काम गरिरहे बताउनु भयो ।
ज्ञवालीले नगरपालिकाको बिकासका लागि आफुहरु लागि परेको बताउदै गुणस्तरीय काम नभएको ठाउँमा भुक्तानी समेत रोकिएको बताउदै भष्टचार मुक्त सुसासन मैत्री नगरपालिका बनाउने अभियानमा आफु लागि परेको जिकिर गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका सब-ईन्जिनियर नारायण पोख्रेल, स्टोर प्रमुख सीता बिसी लगायत बाल शिक्षा शिक्षक बिधार्थिहरुको सहभागीता रहेको थियोे ।