सन्धिखर्कको आटिकापाटा स्थित जिल्ला कारागारका कैदी बन्दीहरुलाई १ महिने बाँसका कलात्मक समाग्री बनाउने तालिम संचालन

अर्घाखाँचीडट्कम संवाददाता 
आटिकापाटा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्कको आटिकापाटा स्थित जिल्ला कारागार अर्घाखाँचीमा रहेका कैदी बन्दीहरुलाई टेवा पुग्ने गरी १ महिने बाँसका कलात्मक समाग्री बनाउने तालिम संचालन भएको छ । 
 
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका कैदी बन्दीहरुलाई टेवा पुग्ने गरी १ महिने बाँसका कलात्मक समाग्री बनाउने तालिम संचालन भएको हो । 
उक्त तालिमको उदघाटन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले गर्नु भएको थियो ।  उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्ट , स.प्र.नि.भोजराज गिरी समेतको उपस्थित रहेको थियो । 
यस्तै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जिल्ला कारागार अर्घाखाँचीको भौतिक पुर्वाधार तथा सुरक्षा व्यवस्थाको अनुगमन गर्नु भएको थियो । 

अन्य समाचारहरु