अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड – ७ हंसपुरको बाम्रुक, नर्सिङथानमा किसानका लागि उन्नत बीउ बिजन अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची उधोग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष जीवलाल बन्जाडे,जिल्ला लगानिद्वारका जिल्ला कृषि व्यवसाय बिकास सल्लाहकार बाबुराम चुदाली सहितको टोलिले किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमका विभिन्न उप-आयोजनाको अनुगमन मालारानी गाउँपालिकाका फुलबारी बाख्रापालन कृषक समूह, जागृती बिज वृद्धि कृषक समुह, फिरफिरे बाख्रापालन कृषक समूह र मालारानी तरकारी बीउ उत्पादन समुहमा सम्पन्न गरेको हो ।