ढिकुरामा प्रधानमन्त्री राेजगार कार्यक्रम शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं ९ ढिकुरामा प्रधानमन्त्री राेजगार कार्यक्रम शुरु भएकाे छ ।
१९ जनाले प्रत्यक्ष राेजगारी पाएकाे कार्यक्रमकाे नगरप्रमुख रेशम थापाले उद्घाटन गरेका छन् ।
वार्ड कार्यालय परिसरमा आयाेजित विशेष समाराेहका बिच हिजाे नगरप्रमुख थापाले कार्यक्रमकाे उद्घाटा गरेका हुन ।
उद्घाटन गर्दै नगर प्रमुख थापाले कार्यक्रमकाे भरपुर उपयाेग गर्न आग्रह गरेका थिए ।
कार्यक्रम वडा सचिव तुल्सिराम पाेख्रेलकाे संचालन र वडा अध्यक्ष नारायण खनालकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

अन्य समाचारहरु