(२०७६ ज्येष्ड ३१, शुक्रवार)
सुर्य भुसाल / अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
कृषि सामग्री हस्तान्तरण कार्यक्रममा सन्धिखर्क नगरपालिका उप–प्रमुख ठाकुर कुमार बि.क किशोरले किसानहरुलाई व्यवसायीक उत्पादन मुखी बन्नुपर्नेमा जोड दिए । उनले समय सुहाउदो उत्पादनमा लाग्न किसानहरुलाई आग्रह गरे ।
कार्यक्रममा वडाध्यक्ष धुर्वराज आचार्यले ११ नम्बर वडाका कामलाई सर्बोत्कृष्ट बनाउने गरी योजना निर्माण गरिएको बताए । आचार्यले वार्ड कार्यालयले किसानहरुलाई उत्साह दिन मौरीका आधुनिक घार, टनेल तथा बोयर बोका बितरण गरिएको भन्दै कम लगानीमा बढि उत्पादनमा हुने खालको क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपाका नेता माधव खनाल, नेपाली कांग्रेसका नेता खडानन्द आचार्य लगायतको उपस्थिती रहेको थियो ।
वार्ड कार्यालयले किसानहरुलाई ७० वटा मौरीका आधुनिक घार, ४० वटा प्लाष्टिक टनेल र ६ वटा बोयर जातका बोका हस्तान्तरण गरेको छ ।
कार्यक्रम वडाध्यक्ष धुर्वराज आचार्यको अध्यक्षता, वार्ड सचिव पुस्करनाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।