श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची ३१ जेठ – जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा जिल्ला सभा बैठक बिहिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाका ६ वटै पालीकाका नगरप्रमुख,उपप्रमुख गाउँपालीका अध्यक्ष,उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
बैठकमा स्थानीय तहका प्रमुखहरुले चालु आ.व मा जिल्ला समन्वय समितिबाट प्राप्त रकमको कार्य प्रगति, पालिकाहरुको आगामी आ.ब को बजेट तथा योजना तर्जुमाको अबस्था, आय व्यबस्थापन तथा राजश्व बाँडफाँड र चालु आ.व मा पालिकामा भएका महत्वपूर्ण गतिविधिहरुको बारेमा स्पष्ट पार्ने कार्य भएको थियोे ।
बैठकलाई सम्बोधन गर्दे जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामीले लगानी र प्रतिफलको नतिजा मापन गर्ने र उपलब्ध सिमित बजेटको उपयोगिताका लागि स–साना रकमका योजना छनौट नगरी काम देखिने खालका थोरै संख्यामा पूर्वाधार निर्माणका योेजनाहरु छनौट गरी सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो ।
पुलामीले प्राथमिकिकरणको आधारमा माग र आबश्यकतालाई हेरी बजेट विनियोजन गर्नुपर्ने भन्दै भौतिक पुर्वाधारको साथसाथै मानबीय विकास सुचांकको बृद्धिमा सहयोग पुग्ने खालका सामाजिक र आर्थिक विकासको क्षेत्रमा बजेट तथा कार्यक्रम विनियोजन हुनुपर्ने बताउनु भयो ।
बाताबरण संरक्षण र विपद् व्यबस्थापनको क्षेत्रमा योगदान पुग्ने गरी पालीकाहरुले कार्यक्रम निर्धारण गर्नु पर्ने बताउदै उपप्रमुख पुलामीले कृषि र पशुपालनलाई बैज्ञानिक र व्यवसाथीक रुपले अगाडी बढाउनुको साथै जडीबुटि लगायत नगदेबालीलाई प्राथमिकताका बजेट बिनियोजन गरी कृषकहरुलाई आत्म निर्भर बनाउनु पर्ने बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समितिका समन्वय अधिकारी एवं जिल्ला सभा सदस्य सचिब जगनाथ पन्तले जिल्ला सभाका एजेण्डाहरु प्रस्तुत गदै स्थानीय सरकारको रुपमा रहेका गाँउपालिका र नगरपालिकालाई नेपालको संविधानले प्रदान गरेका एकल अधिकारका विषय क्षेत्रमा आबश्यक कानुनको मस्यौदा गर्न जिल्ला समन्वय समितिको कार्यालयमा रहेका कानुन मस्यौदा कर्मचारीको पूर्ण सहयोग लिन आग्रह गर्नुभयो ।
बैठकमा सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार विक शितगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी, भुमिकास्थान नगरपालिका प्रमुख रेशम थापा, छत्रदेब गाँउपालिका अध्यक्ष लेखनाथ पोख्रेल, मालारानी गाँउपालिका अध्यक्ष बालकृष्ण आचार्य, पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतम लगायतले मनतब्य राख्दै आफ्नो पालिकाको गतिविधिहरुको बारेमा उजागर गरेका थिए ।