जुकेनाका युबाहरु मन्दिर निर्माण गर्न देश -विदेशबाट जुटे

युबराज पौडेल

जुकेना, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको युबराज पौडेल    अर्घाखाँची पछिल्लो अबस्थामा पुरात्तातिक धार्मिक सम्पदा जिर्ण तथा ओझेलमा पर्दै गहिरहेको अबस्थामा स्वदेस तथा बिदेशमा रहेका युबाहरुले सामाजिक सन्जाल फेसबुकबाट विभिन्न आर्थिक सङ्कल अबियान सन्चालन गरि जिर्ण रहेका मठ मन्दिर सम्भाब्यतामा रहेका पुरात्वातिक धार्मिक सम्पदा लाई जगेर्ना गर्ने उदेश्यले विभिन्न अबियान सन्चालान गरिएको अबियान कर्ताले  जानकारी  गराएका छ्न ।    
शितगंगा नगरपालिका वाड नम्बर ५   मा रहेको कालिका मान्दिरको लागि डा भीष्म कुमार भुसाल र तुल्सिराम भन्डारिको अबियान्तामा  आर्थिक कोष जम्मा गर्ने उदेश्यले  करिब एक लाख रकम जम्मा गरिएको र पछि स्वदेश तथा बिदेशमा रहेका युबाहरुबाट   मन्दिर निर्माणका लागि आर्थिक सड्ढलन अबियान सन्चालन गरि स्व इच्छा रकम सङ्कल गरि करापुकोटमा पिताम्बर पान्डे र बासुदेभ भन्डारिको अबियान्तामा करिब छ लाखको लागतमा  कालिका    मन्दिर निर्माण गरि बचत रकम र वाडाको आर्थिक सहयोगमा  भुमेकास्थान मन्दिर निर्माण गरिएको छ ।  
यसै गरि डा भीष्म कुमार भुसालको अबियान्तामा नगरपालिका र वाडा कार्यलयको आर्थिक सहयोगमा करिब सात लाख एत्तिस हजारको लागतमा थरपाइला सिमलको पोखरीमा सुपादेउराली मन्दिर निर्माण  गरिएको छ । यसै गरि युबराज पौडेल दामोदर पौडेलको अबियान्तामा करिब चार लाख लागतको जुकेना माझागाउ खर्क पोखरी डाडागाउको बिचमा दुर्गा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको छ।                                      
पछिलो क्रममा जुकेना बाट रोजगारीको सिलसिला स्वदेस तथा बिदेशमा रहेका युबाहरुले परम्परागत चल्दै आएको आफ्नो रितिरिवाज धार्मिक सम्पता तथा सम्भाब्य ठाउँमा मन्दिर निर्माण गर्ने कार्यप्रती चासो बढेको देखिन्छ ।                             
  यति बेला शितगगा नगरपालिकाको मुटुमा रहेको वाड नम्बर ५पोखरी मानबबस्ती देखि करिब एक किलोमीटर टाढा जङ्गलको बिचमा रहेका झाक्री झाक्रेनी मन्दिर निर्माणका लागि अबियान्ता  दुर्गा पौडेल नेत्र प्रसाद पौडेल हेमनाथ पौडेल अबियानमा आर्थिक सङ्गकल समिती निर्माण गरि अबियान सुरु गरिएको छ।                                
यसो हेर्दा  पहाडको बिचमा दुई ढुङ्गा देखिन्छन ।जो कोहि  अनुमान लगाउन सकिन्छ कि यो कसैले ल्याएर राखेको हो  बुडापाकाको भनाइ अनुसार  वास्तविकता यसो रहेछ  पहिले ती दुई ढुङ्गाको किनारमा पशु चौपाया घासदाउरा गर्ने सानो बाटो रहेको पछि बाटो सागुरो  भयो ढुङ्गा हटाउन पर्यो भनी गाउलेहरु जम्मा भै  ढुङ्गा हटाउन खोज्दा प्राकृति बिपत्ति जस्तै सबै काम्ने कराउने चिच्याउने  पसु चौपायले नाक मुख बाट रगत वाक्ने मर्ने जस्ता समस्या देखा परेको र गाउले हरुले यस्मा कुनै रस्य लुकेको हुनुपर्छ भनी धार्मिक विधि अनुसार खोज्दा झाक्री झाक्रेनी को अवतरको रुपमा मुर्ती रहेको भनाइ छ।                  
त्यसपछी गाउलेहरुले हामिले अन्जानमा गल्ती गरौ हामिलाइ माफ गर्नु भनी शरण पर्दा सर्प देखा परेको र गाइको दुधचडाएर धार्मिक विधि अनुसार साउन एक गते पुजा गर्दै आएको बुडापाकाहरु बताउछ्न ।    आफुले भक्कल गरि चिताएको पुग्ने गरेको अबिनकर्ताले बताएका छ्न।      मानव बस्ती बाट टाढा रहेको हुदा ओझेलमा परेको स्थानीयहरु बताउछ्न। आर्थिक बर्ष २०७५/७६मा रु पचास हजार वाडा कार्यलबाट छुटाइएको र सो रकम बाट त्यहा सम्म पुग्नेगरि गोटेटो बाटो निर्माण गरिएको छ ।         
नगरपालिकाले यस  धार्मिक सम्पदालाइ     मध्यनझर गरि पोखरी देखि सडक बिस्तार गरि   भुमिकास्थान नगरपालिका वाड नम्बर १०  सेङ्गलेङ सम्म जोडन सकेमा एक प्रायाटकिय गन्तव्य भन्ने  ठुलो सम्भावना  रहेको  नगरबासिहरु बताउछ्न।                                          
यसै गरि सितगगा नगरपालिका वाड नम्बर ५गल्दामा पनि सिवालय मन्दिर निर्माणका लागि आर्थिक अबियान सन्चालन गरिएको छ।अबियान्ता हरुले जनप्रतिनिधिहरु  ओझेलमा परेका झाक्री झाक्रेनी माइ तथा धार्मिक सम्पदा सम्भावना रहेका    पर्यटकीय स्थलको पहिचान गरि संरक्षण गर्न अनुरोध गरेका छ्न।              
  सम्पुर्ण नगरबासी पत्रकार बुध्दिजिबी समाजसेवी राजनीति दल तथा जनप्रतिनिधि सबैलाई आफुसक्दो सहयोग गर्नुहुन अनुरोध  गरिएको अबियान्ताले जानकारी गराएका छ्न।
world news

अन्य समाचारहरु