भगवतीमा बिद्यार्थी जीवनमा अनुशासनको महत्व बिषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
भगवती , अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  भगवती अशल शासन रेडियो श्रोता समुह छत्रदेब गाउँपालिका ७ भगवतीको आयोजनामा बिद्यार्थी जीवनमा अनुशासनको महत्व बिषयक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
 एकीकृत ग्रामीण विकास समाज तथा पारष्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठित श्रोता समुहले बिद्यार्थीहरुमा श्रृजनात्मक क्षमताको विकासका निम्ती प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा गीता थापा प्रथम, नारायण पाण्डे द्धितीय, संगीता पाण्डे तृतीय  र गीता पाण्डे सान्त्वना भएका छन । प्रतियोगितामा बिजयीलाई बिद्यालय सहायक प्राचार्य बिनीराम पाण्डेले पुरस्कार बितरण गर्नुभएको थियो । 
कार्यक्रममा सहायक प्रधानाध्यापक तथा प्रमुख अथिति बिनीराम पाण्डेले अनुसाशन बिद्यार्थीहरुको महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले अनुसाशन बिनाको बिद्यार्थी लगाम बिनाको घोडा जस्तै हुने बताउनुभयो ।
कार्यक्रम श्रोता समुह उपाध्यक्ष  निसा पाण्डेको अध्यक्षता र सहजकर्ता लक्ष्मी पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु