सन्धिखर्कमा अपाङ्गता अघिकारका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनिल नेपाली 
 अर्घाखाँची,३२ जेठ- अपाङ्गता भएका व्यक्तिहरु जनप्रतिनिधिहरु र सरोकारवाला निकायहरुबीच अपाङ्गता अघिकारका विषयमा अभिमुखीकरण कार्यक्रम आज एक कार्यक्रमका बीचमा सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रम सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्वोधन गदै नगरउपप्रमुख विकले अपाङ्गता भएका व्यक्तिको लागि आफुहरुले विशेष किसिमका सेवा सुविधा उपलब्ध गराउदै आयआर्जन सीपमुलक व्यबसायिक तर्फ उन्मुख गराउनको लागि नगरपालिकाले अपाङ्गता भएका व्यक्तिर्का पहिचान गरी प्रोफाइल तयार गर्नको लागि विषयविज्ञलाई जिम्मेबारी दिइएको बताउँदै अपाङ्गको लागि नगरपालिकाले अपाङ्गमैत्री भबन बनाउने बताउँदै अपाङ्गका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था अघिकारी लाई पारदर्शी बन्न आग्रह गदै संस्था काम गर्ने धनी भए पनि अपाङ्गको समस्या जस्ताको तस्तै भएको बताउनुभएको थियो 
कार्यक्रममा मन्तब्य राख्दै पाणिनी गाँउपालिकी उपाध्यक्ष लक्ष्मी गौतमले बास्तविक अपाङ्गको पहिचान खुलेको खण्डमा आफुहरुले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउदै अपाङ्गका क्षेत्रमा काम गर्ने संस्था धनी भएता पनि बास्तविक अपाङ्गको समस्या समाधानको लागि कसैको पहल नपुगेको बताउनुभएको थियो कार्यक्रममा यसरी मन्तब्य राख्नेमा सघीय सदस्य सन्तोष पन्त सन्धिखर्क नगरपालिका वडा न १० का अध्यक्ष लक्ष्मीनारायण चुदाली लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै अपाङ्गता भएका व्यक्तिको लागि राज्यले भत्ता मात्र दिएर नहुने बताउनुभएको थियो ।
कार्यक्रममा सहभागीको तर्फबाट सितगंगा नगरपालिका दामोदर के.सी ले मन्तब्य राख्दै अपाङ्गको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले समेट्न नसकेको बताउनुभएको थियो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ ५ न प्रदेशका सचिब हुमनाथ अघिकारीको अध्यक्षता सदस्य कमला परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा अघिकारकर्मीै सञ्चारकर्मीै जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो कार्यक्रम सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग सिर्जनशील अपाङ्ग सरोकार केन्द्र अर्घाखाँचीको समझदारीमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु