सन्धिखर्कमा आठ बुँदे बेलबाटीका घोषणा पत्र जारी गर्दे २७ औं जुनियर युबा रेडक्रस गोष्ठी सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे 
सन्धिखर्क, असार १ अर्घाखाँची – नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर तथा युबा रेडक्रस समिति अर्घाखाँचीको २७ औं जिल्लास्तरिय गोष्ठी ८ बुँदे बेलबाटीका घोषणापत्र जारी गर्दे सन्धिखर्कमा सम्पन्न भएको छ ।
गोष्ठीले जिल्लाका सबै बिद्यालयमा जुरेस लाई बैधानिक रुपमा गठन गर्ने,कोष संकलनगरी खाता सञ्चालन गर्ने, बर्तमान संरचना अनुसार पालीका तहमा समिति गठन गर्न पहलगर्ने, पालीका स्तरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्ने,प्रत्येक सर्कलले सिर्जनात्मक र चेतनामुलक कृयाकलापहरु सन्चालन गर्ने,रेडक्रसले आयोजना गर्ने सबै कार्यक्रमहरुमा उत्साहजनक सहभागीता जनाउने र सेबा भाब प्रकट गर्ने रेडक्रस सर्कलका सदस्यहरुलाई कामको मूल्याकंन गरी पुरस्कृत गर्ने लगायतका कुराहरुलाई समेटी घोषणापत्र जारी गरीएको जुनियर युबा ÷रेडक्रस समितिका संयोजक कमलप्रसाद घिमिरेले जानकारी दिए ।
अर्घाखाँची आबाशीय माबीका प्राचार्य श्रीकृष्ण भुसालको अध्यक्षता,बिद्यार्थी प्रिया भुसालको स्वागत मनतब्य र शिक्षक नायक गणेश प्रसाद पौडेलको सन्चालनमा सम्पन्न भएको समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी ५ नं. प्रदेश अध्यक्ष शम्भुप्रसाद पोख्रेल,सनपा २ का वडाअध्यक्ष मोतिजंग रायमाझी, जुनियर युबा ÷रेडक्रस समितिका संयोजक कमलप्रसाद घिमिरे लगायतले मनतब्य राख्दै घोषणापत्र लागुगर्न सबैलाई आग्रह गरेका थिए ।
सोही कायृक्रममा कार्यक्रमलाई सहयोग गर्ने सहयोग दाता र रेडक्रस कर्मिहरुलाई माँयाको चिनो समेत प्रदान गरीएको थियो । सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची आवासिय माबिको आतिथ्यतामा सम्पन्न गोष्ठीको सुक्रबार प्रदेश सांसद रामजी प्रसाद घिमिरेले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । गोष्ठीमा जिल्ला स्थित ६० विद्यालयका २÷२ जना विद्यार्थी प्रतिनिधि र शिक्षक नायकहरुको सहभागीता रहेको थियो । 

अन्य समाचारहरु