सुर्य भुसाल
सन्धिखर्क (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको राष्ट्रिय बाणिज्य बैकले जिल्ला समन्वय समितिको सभाहल भएको भबनबाट सेवा शुभारम्भ गरेको छ ।
सेवा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले जनमुखि ग्रहाक मुखि सेवा दिनका लागि राष्ट्रिय बाणिज्य बैकलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रिय बाणिज्य बैब उत्कृष्ट डेकोरेसन सहित जिल्ला समन्वय समितिको सभाहल भएको भबनबाट सेवा सुभारम्भ कार्यक्रममा शुभकामना दिदै उहाले यस्तो बताउनु भएको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले राष्ट्रिय बाणिज्य बैकबाट छिटो छरितो सेवा उत्कृष्ट सेवा ग्राहकले पाउने भएको कारण बैक प्रति आकर्षण बढेको बताउनु भयो । उहाले अर्घाखाँची शाखाले निकै राम्रो काम गरेर नेपालको सर्बकृस्ट शाखा बने र जिल्ला बासीको गौरव बढाएको बताउदै म्यानेजर गोपालप्रसाद न्यौपाने लगाएत कर्मचारीहरुलाई बधाई दिनु भएको थियोे ।

कार्यक्रममा भुमिका स्थान नगरपालिकाका प्रमुख रेसम बहादुर थापा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामि पाणिनि गाउपालिका अध्यक्ष अच्युत गौतम सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने रामबाण गुल्मका गुल्म पति निरज भन्डारी प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट ससत्र प्रहरी नायब उपरीक्षक गोपाल श्रेष्ठ प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरी जिल्ला समन्वय अधिकारि जगन्नाथ पन्त उधोग वाणिज्य महासघका केन्द्रीय सदस्य कृस्न प्रसाद श्रेष्ठ नेपाल हेवि ईक्कुमेन्ट ब्यबसायी सघका केन्द्रीय उपाध्यक्ष वसन्त भुसाल जिल्ला उधोग बाणिज्य सघका उपाध्यक्ष नेत्रप्रसाद भुसाल नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष असोक कुमार श्रेष्ठ निर्माण ब्यबसायी जिल्ला अध्यक्ष ऋषिराम अधिकारी पत्रकार माहासघका अध्यक्ष हिम लेकाली लगायतका अतिथिहरुले वाणिज्य बैकले उत्कृष्ट सेवा दिन सफल भएको भन्दै म्यानेजर लगाएतका कर्मचारीहरुको खुलेर प्रसम्सा गरेका थिए।

बैकका म्यानेजर गोपाल प्रसाद न्यौपानेको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा सहायक म्यानेजर गुणानिधि भुसालले स्वागत गर्नु भएको थियोे ।कार्यक्रम शाखाबाट पहिलो दिन फिक्स डिपोजिट गर्ने युवा ब्यबसायी वसन्त भुसाल तथा पाचौं तहबाट छैटौं अधिकृत तहमा बढुवा हुने गुणानिधि भुसाललाई दोशल्ला ओढाई सम्मान गरिएको थियोे ।
बैकलाई सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियोे । कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुख जनप्रतिनिधि उधोगि ब्यबसायी सघसस्थाका प्रतिनिधि सरोकारवाला स्थानियको उपस्थिति रहेको थियोे । बैकले आजबाट नया ब्यबस्थापन सहित उत्कृष्ट डेकोरेसन सहित सभाहलबाट ग्राहकलाई सेवा दिन सुरु गरेको छ ।