नरपानीमा सहित भुपेन्द्र झपेन्ड स्मृति पार्क बन्दै

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा सहित भुपेन्द झपेन्ड स्मृति पार्कको काम दुर्त गतिमा अगाडि बढेको छ ।
नेपाल निजामती कर्मचारी सगठन अर्घाखाँचीको अगुवाइमा यो पार्क निर्माण हुन लागेको नेपाल निजामती कर्मचारी सगठका जिल्ला अध्यक्ष गोबिन्द केसीले जानकारी दिनु भयो ।
पार्कमा अहिले स्टकचरको काम भईरहेको छ ।    सासद बिकास कोषको झन्डै ५० लाख सन्धिखर्क नगरपालिकाको १० लाख र केही प्रदेसको आर्थिक सहयोगमा एतिहासिक पार्क निर्माण गर्न लागिएको र बजेट अपुग भएको कारण विभिन्न निकाएमा बजेटका लागि अनुरोध गर्दै निर्माण कार्यलाई जारी राखेको सगठनका अध्यक्ष गोबिन्द केसीको भनाइ छ ।
पार्क  विभिन्न खालका एतिहासिक पुरातात्त्विक महत्त्व झल्कने खालले निर्माण गर्न लागिएको हो ।  सुपादेउराली आएका भक्तजनहरु नरपानीमा आउने र प्राकृतिक मनोरम दृश्य सग रमाउने र यसबाट सन्धिखर्क नगरपालिकाको आर्थिक उन्नति हुने अपेक्षा सहित पार्क निर्माण गरिएको निजामती कर्मचारी सगठका केन्द्रीय सदस्य कबिसिह कठायतले जानकारी दिनु भयो ।
प्रयटनको रुपमा नरपानिलाई बिकास  गर्ने गरि ३ तहका सरकार बाट नरपानि पार्क गगासरोवर पिक्निक स्पोर्ट्स जस्ता सम्रचना लाई विशेष जोड दिएको छ ।सहिद पार्कलाई बजेट अभाव भएको भन्दै कर्मचारी सगठको टोलिले प्रधानमन्त्री केपि अोलि को समेत ध्यानाकर्षण गराएको  थियोे ।
बिगत केही बर्षदेखि नरपानि लाई धार्मिक र पर्यटन को रुपमा बिकास गर्न लागिएको छ ।नरपानिमा अहिले पनि दिनौ   सयौं मानिस अाउने जाने गर्दछन ।त्याहा पार्क निर्माण गरेपछि नगरपालिका लाई हस्तान्तरण गर्ने गरि काम भएको बुझिएको छ ।तर त्यो कुरा अाधिकारिक घोषणा गरिएको छैन ।
सन्धिखर्क नगरपालिका का शाखा अधिकृत गोबिन्द केसि सगठनको अध्यक्ष बनेपछि केसिको नेतृत्वमा उक्त पार्क निर्माण हुन लागेको हो ।

अन्य समाचारहरु