गोखुङा बजारमा बालश्रम, बालबालिका सम्बन्धी अपराधको बारेमा प्रशिक्षण एवं छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
गोखुङा बजार (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ९ गोखुङगा बजारमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अनुसार बालश्रम, बालबालिका सम्बन्धी अपराधको बारेमा प्रशिक्षण एवं छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।   
“समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अनुसार मालारानी गाउँपालिका वडा नं. ९ गोखुङगा बजारमा स्थानिय बजार बासी, स्थानिय विद्यालयका शिक्षिका तथा विद्यार्थीहरु गरी अं. १५० जनालाई जिल्ला प्रहरी कार्यालय कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. प्रकाश बिष्टले बालश्रम, बालबालिका सम्बन्धी अपराधको बारेमा प्रशिक्षण एवं छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्नु भएको थियो । 

अन्य समाचारहरु