सन्धिखर्कमा निम्न माध्यमिक तहका विधार्थीहरुलाई बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न (भिडियो तस्बिर सहित)

सुर्य भुसाल
सन्धिखर्क । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले बिधार्थिहरुको   प्रतिभाको खोजि र पहिचान गरि शिक्षादिक्षा  त्यसै अनुसारको शिक्षा दिनु पर्ने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले सन्धिखर्कमा अायोजना गरेको बाल प्रतिभा पहिचान आधारभुत निम्न माध्यमिक माध्यमिक तहका बिधार्थि हरुका लागि अायोजना गरिएको हाजिरी जबाफ प्रतियोगिता को उदघाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख भुसालले बालबालिका हरुको पहिचान गरि उनिहरुको क्षमता कला हेरेर त्यसै खालको शिक्षा दिनुपर्ने बताउदै यस्ता खालका रचनात्मक कामहरु को लागि नगरपालिका ले सहयोग गर्ने बताउनु भयो ।भुसालले नगरपालिका ले अायोजना गर्नु पर्ने कार्यक्रम वार्ड नम्बर १ ले अायोजना गरेर बिधार्थिको प्रतिभा खोजि गरेकोमा बधाई दिनु भयो ।
कार्यक्रम मा वार्ड अध्यक्ष युवराज बन्जाडेले बाल प्रतिभा पहिचान कार्यक्रम ले बालबालिका हरुका लागि निकै उपयोगी हुने देखेर वार्ड बाट बजेट बिनियोजन गरेको बताउनु भयो ।
कार्यक्रममा नगरसभा सदस्य तथा युवा ब्यबसाहि लक्षम्ण पराजुलीले सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ले  हरेक किर्याकलापमा लाई समाबेसि पार्दर्सि गर्ने कार्यक्रम अन्तरगत बाल प्रतिभा को खोजि अन्तरगत कार्यक्रम अायोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा नगरसभा सदस्य बल बहादुर बिसि सुमित्रा कुमाल अासा परियार लगाएतको उपस्थित रहेको कार्यक्रममा समाजसेबि गुरु खिमान्द पोख्रेल चुरामणि भट्टराई गौरिसकर बोडिङ स्कुलका प्रिन्सिपल गणेश क्षेत्री मदरल्यान्ड का सागर पारे लगाएतका ८ बिधालय का तीन तहका प्रअ तथा शिक्षकहरू को सहभागी ता रहेको थियोे ।

अन्य समाचारहरु