दीपक भुसाल
भगवती, अर्घाखाँची । छत्रदेव गाउँपालिका वडा न. ७ भगवतीको काहुले निवासी श्री टिकाराम पाण्डे र श्रीमती टीकादेवि पाण्डेका कान्छो छोरा स्व. बिष्णु प्रसाद पाण्डेको सम्झनामा दाजुहरु जीवन पाण्डे, गुनाखर पाण्डे, ईश्वरि पाण्डे र हिमलाल पाण्डेले प्रतीक्षालयको निर्माण गरेका छन।
२०७४ साउन २४ गते २५ बर्षको उमेरमा बुटवलमा निधन भएका भाइको सम्झ्नामा छत्रदेव ७ काहुले डाँडेपोखरी मा प्रतीक्षालय निर्माण गरिएको दाजु ईश्वरि पाण्डेले बताए ।
प्रतीक्षालयको शुक्रबार एक कार्यक्रमका बीच वडा अध्यक्ष शोभाखर पाण्डेले उद्घाटन गरेका छन। कार्यक्रममा गाउँका स्थानीय नेता, बुद्धिजीवी र युवाहरुको बाक्लो उपस्थिति थियो।
शोभाखर पाण्डेले यो प्रतीक्षालयले धेरैलाई सहयोग गर्ने र बाटो हिड्ने बटुवालाई छाहारि मात्र होइन बिकास निर्माणमा गाउँबासीको भुमिका बढनुमा सहयोग मिल्ने कुरा बेक्त गरेका छन।