मधुसुधन पाण्डे
भगवती, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न.७ भगवतीको काहुले ढिकुरा (आटि) निवासी सुन्तली(श्यामकला) पाण्डे एउटा छोरी सानै छदा पतिको मृत्यु भयो एकल जिन्दगी भएतापनी जेनतेन गुजारा गर्दै वाड न.७ ढिकुरामा रहेको भगवती प्राथमिक विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै छोरीलाई पठनपाठन तथा उचित शिक्षा दीक्षा दिने प्रयास गर्नुभएको थियो ।
मिति २०७६ जेष्ठ १२ गते विद्यालय समय सकिएपछि घर फर्की घाँस काट्ने क्रममा रुखबाट लडेर उहाको मेरुदण्ड अथवा ढाड भाचियो त्यस लगत्तै काठमाडौ स्थित वीर अस्पतालको ट्रमा सेन्टरमा उहाको उपचार भैरहेको छ। उहाको श्रीमान् नभएको र आर्थिक अबस्था निकै कमजोर भएको कारण उहाको उपचारमा निकै समस्या भैरहेको छ।
उहाको एउटा अप्रेसन सफल रुपमा भईसकेको छ र अर्को अप्रेसन पनि गर्नुपर्ने भएको छ । उहाँ अस्पतालमा मृत्यु संग लडिरहनु भएको छ। सुन्तली पाण्डेकी छोरी अनिता पाण्डेले सबै सामु अनुरोध गर्दै सबैले आफू सक्दो सहयोग गरिदिन आग्रह गरेकि छिन् ।हजुरको सानो सहयोगले मलाई जन्मदिने आमाले अर्को जन्म पाउने आस पनि छोरी अनिताले लिएकी छिन।उनले भनेकि छन् अहिले उपचार भईरहेको छ तर आफुहरुसग उपचार खर्च पनि नभएको अार्थिक अवस्था निकै कमजोर भएको र बुबाको पनि आफू सानै छदा मृत्यु भएको कारणले निकै समस्यामा छौ त्यसैले हजुरको आस गरेकि छु
सहयोग को लागि पीडित श्यामकला पाण्डेकी छोरी आनिता पाण्डेको नाममा रहेको एनएमबी (NMB) बैंक गुल्मी शाखाको खाता न.०४७००६२५३९७०००१२ (0470062539700012) छोरीको सम्पर्क नम्बर : ९८६७१९२७२८ (9867192728)
तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ भने अवस्य पनि आफू सक्दो सहयोग गरि सुन्तली पाण्डे श्यामकला पाण्डेलाई नव जीवन प्रदान गर्नुहुन सबै सामु अर्घाखाँची.कम बिनम्र अनुरोध गर्दछ ।