अर्घाखाँचीमा हिंसाका घटनाहरुमा वृद्धि, ६ महिनाको अवधिमा ४२ जना महिला पीडित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले हरेक वर्ष प्रकाश गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तक तथा सन् २०१९ को ६ महिनाको अवधिमा जिल्लमा भएको मानव अधिकारको अवस्थाको बारेमा छलफल कार्यक्रममा पछिल्लो समय महिला र बाल अधिकारको घटनाहरु वृद्धि भएको इन्सेकले प्रतिवेदनमा उल्लेख छ । 
सदरमुकाम सन्धिखर्कमा आयोजित कार्यक्रममा सन् २०१९ को ६ महिनाको प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधिले नारायण भुसकालले पछिल्ला केहि वर्षदेखि बाल अधिकार र महिला अधिकारसँग सम्वन्धित घटनाहरुमा वृद्धि भएको बताए । 
महिला अधिकारमा सन् २०१९ को  ६ महिनाको अवधिमा ४२ जना महिला पीडित भएका छन् ३६ घरेलु हिंसाबाट, ३ जना बालत्कार तथा बालत्कारको प्रयासबाट र १ जनाको पतिबाट हत्या गरि पीडित भएका छन् । अघिल्लो वर्षको तुलनामा यो केहि वृद्धि भएको छ । मादक पदार्थ सेवन, गरिवी, सामाजिक सञ्जालको दुरुपयोग, वैदेशिक रोजगार, ४ घटना बाल बालिका सँग सम्वन्धित रहेको बताइएको छ । ४ घटनामा ४ जना बाल बालिका पीडित भएका छन् । जसमध्ये ३ बलात्कार तथा बलात्कारको प्रयासबाट,र १ नवजात शिशुको हत्याबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ बाल अधिकरका घटनानमा बाबु बाट छोरी बलात्कृत हुन, ५ वर्षका बाल बालिका बलात्काबारबाट पीडित हुनु दुखद हो । 
घरेलु हिंसाका अधिकाशं घटनाहरु मादक पदार्थ सेवन, गरिवि, बैदेशिक रोजगारी, सामाजिक सञ्जालतको दुरुपयोग जस्ता कारणहरु रहेको प्रतिवेदनमा उल्लेख छ । साथै यसको नियन्ण गर्न स्थानीय सरकारल कार्यक्रममा मन्तव्य राख्दै सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले राज्यलाई सहयोग गरे मानअधिकार उलंघनमा कमी हुने भन्दै राज्यालाई सहयोग गर्न आग्रह गरे । 
उनले  मानवअधिकारको संरक्षण गर्ने दायित्व राज्यको हो,  नागरिकको अभिभावक राज्य भएकोले हुदा राज्यलाई गालि गर्ने भन्दा पनि सहयोग गरे मानव अअिकारको अवस्था सुधार हुन सक्छ ।
इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक र इन्सेक प्रतिनिधिको काम निकै सराहानिय भएको भन्दै मानअधिकार वहस स्थानीय तह सम्म वहस चलाउनुपर्नेमा जोड दिए । 
जिल्ला न्याधीवक्ता हरी प्रसाद घिमिरेले मानव अधिकारको संरक्षणमा इन्सेकको महत्वपूर्ण योगदान रहेको बताए । साथै इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक मानव अधिकरको अवस्था चित्रण गर्ने माध्यम भएको हुदा सुचना विश्वाशिलो हुनुपर्नेमा जोड दिए । 
उनले अव इन्सेकले बर्ष पुस्तकलाई मात्रै केन्द्रित गर्नूभन्दा पनि सामाजिक विकृति , कुप्रथा, जातिय विभेद, र स्थानीय तहमा भएका न्यायीक निरुपणका विषयमा समेत वकालत गर्न सुझाव दिए । 
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम वहादुर जिसि लेकाली, प्रदेश सदस्य प्रेम नारायण आचार्य, अन्तरपार्टी महिला सञ्जालकी सचिव शुशिला गरै लगाएतले आ आफनो धारणा राखेका थिए । 

अन्य समाचारहरु