सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नवाैं अन्तर रास्ट्रिय एकल महिला दिवस सन्धिखर्कमा मनाईएकाे छ । “एकल महिलाहरूकाे अार्थिक शसक्तीकरण ,दिगाे बिकास लक्ष्यकाे अाधार “भन्ने मुल नाराका साथ एकल महिला समूह सञ्जाल अर्घाखाँचीकाे अायाेजनामा दिवस मनाईएकाे हाे ।
सन्जाल जिल्ला अध्यक्ष सीता श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे उद्घाटन गर्दै सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एकल महिलाहरूलाई अार्थिक शसक्तीकरणकाे बाटाेबाट अघि बढाउन नगरपालिका लागि परेकाे बताउनुभयाे ।
उहाँले दुखि भयर घर नचल्ने बताउँदै हिम्मतका साथ काममा जुट्न अाग्रह गर्नु भयाे । यसै गरि उप प्रमुख ठाकुर कुमार बिक” किशाेर”ले सुखि नगरबासि समृद्ध नगरपालिका बनाउन सबैकाे साथ सहयाेग चाहिने बताउँदै अागामि दिनमा सन्धिखर्कका सबै वार्डहरूमा एकल महिलाहरूका पक्षमा अायअार्जन र चेतनामुलक कार्यक्रमगर्न सहयाेग पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
कार्यक्रममा अन्तर पार्टी महिला सञ्जाल जिल्ला सचिव शुशिला गैरे ,पत्रकार महासंघका अध्यक्ष हिम लेकाली लगायत ले मन्तब्य राख्नु भएको थियाे ।
सचिव अम्बिका श्रेष्ठ काे सन्चालनर र पूर्व अध्यक्ष खगिश्वरा केसिकाे स्वागतमा कार्यक्रम सम्पन्न भयकाे थियाे । दिवस कै अवसरमा अाजै निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री तथा फलफूल बितरण समेत गरियकाे छ ।