अर्घाको भगवति मन्दिर क्षेत्रमा गाँजा फडानी, ३२५ गाँजाका बोटहरु नष्ट (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा भगवति मन्दिर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार गृह मन्त्रालयको लागु औषध नियन्त्रण साप्ताह व्यापी कार्यक्रम अन्तर्गत अर्घा भगवति मन्दिर क्षेत्रमा  गाँजा फडानी कार्यक्रम सम्पन्न भएको छ । 
 प्रहरी चौकी अर्घा अर्घाखाँचीबाट प्रहरी सहायक निरीक्षक लाल बहादुर श्रेष्ठको कमाण्डमा खटिएको ४ जनाको प्रहरी टोली र स्थानिय ३०/३५ जनाको उपस्थितीमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार गृह मन्त्रालयको लागु औषध नियन्त्रणको साप्ताह व्यापी कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालीका वडा नं. ९ अर्घा भगवति मन्दिरको वार्ड एरियामा रहेका प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको हो । 
उक्त क्षेत्रमा अनिमानित ३२५ गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको थियो ।

अन्य समाचारहरु