हरि कुँवर /अर्घाखाँची
बाँगी, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क बाट उत्तर तर्फ पर्ने मालारानी गाउँपालिका वडा नं. ५ स्थित शान्ति माध्यमिक विद्यालय बाँगीले यसै शैक्षिक सत्र २०७६ बाट कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ्ग धार संचालन गर्ने भएको छ ।
कम्प्युटर इन्जिनियरिङ्ग पढाई हुने शान्ति माध्यमिक विद्यालय अर्घाखाँचीको एक नमुना विद्यालयको रुपमा विकास गर्न अगाडी बढेको समयको माग सगै विद्यालयलाई प्राविधिक शिक्षाका रुपमा विकास गर्न सम्पूर्ण अभिभावकहरुको सहयोग गर्न आग्रह समेत गरिएको छ । सहकार्य गर्ने सम्पुर्ण लाई प्रअ पाण्डेले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । शान्ति मावि निजी विद्यालय भन्दा सुविधा र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अगाडी बढेको हुँदा सबै को हातेमालो हुनु पर्नेमा पान्डेले जोड दिनु भयो ।
सामुदायिक विद्यालय शान्ति माविमा प्राविधिक विषयको पढाइ सुरु हुने भए पछि त्यस क्षेत्रका विद्यार्थी र अभिभावकहरु खुसी भएका छन् ।
इच्छूक विद्यार्थीहरूलाई समयमै सम्पर्क राख्न जानकारी समेत गराइएको छ। जसमा जम्मा ४० सिट हुनेछ । प्रधानाध्यापक मान बहादुर पाण्डेले जानकारी गराउनु भयो ।