अर्घाखाँची आउदै गरेको यात्रुबाहक बस नवलपरासीमा दुर्घट्ना

सुर्य भुसाल 
काठमाडौ (अर्घाखाँचीडट्कम) । काठमाडौबाट अर्घाखाँची जिल्लाको सन्धिखर्क आउदै गरेको यात्रुबाहक बस नवलपरासीको गैंडाकोटमा दुर्घट्ना भएको छ । 
काठमाडौबाट अर्घाखाँची जिल्लाको सन्धिखर्कको लागि विहान छुटेको लु १ ख ९९९८नम्बरको बस गैंडाकोटमा दुर्घट्ना भएको हो । गाडीधनी दिपक चुँदालीका अनुसार  दुर्घट्नामा केही आधा दर्जन यात्रुहरु सामान्य घाइते भएका थिए । उनिहरु स्वास्थ केन्द्रमा उपचार गरी फर्केका छन् ।   
बसले ट्रकलाई ओभर टेक गर्दा दुर्घट्ना भएको प्रहरीले बताएको छ ।  

अन्य समाचारहरु