सुर्य भुसाल
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिकाको ठाडा चाक्लामा सवारीसाधन दुर्घट्ना भएको छ ।
गोरुसिंगे बाट सन्धिखर्क आउदै ट्याक्सी र सन्धिखर्कबाट बुटवल तर्फ जादै गरेको मोटरसाइकल एक-आपसमा ठोक्किदा दुर्घट्ना भएको हो । दुर्घट्नामा मोटरसाइकल चालक घाइते भएका छन् ।
दुर्घट्नामा ट्याक्सी र मोटरसाइकलमा सामान्य क्षति भएको प्रहरीले बताएको छ ।