सुरज घिमिरे
सन्धिखर्क, अर्घाखाँची। प्रधानमन्त्री रोजगार कार्यक्रम अर्घाखाँचीका ६ वटै स्थानीय तहमा लागू भएपछि १३ सय ८ जनाले रोजगारी पाएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा २ सय ३५ जना, शितगंगा नगरपालिकामा २ सय ७५ जना, छत्रदेव गाउँपालिकामा २ सय जना, पाणिनी गाउँपालिकामा १ सय ३५ जना, मलारानी गाउँपालिकामा १ सय ७२ जना र भुमिकास्थान नगरपालिकामा २ सय ९१ जना गरी जिल्लाका ६ वटा स्थानीय तहका १३ सय ८ जनाले रोजगार पाएका हुन्।
उनीलाई मोटरबाटो खन्ने, कुलो निर्माण गर्ने, सरसफाइ गर्ने लगायतका काम लगाइएको छ । उनीहरुको कामको अनुगमन गर्नको लागि एक जना सुपरभाइजरसमेत नियुक्ती गरिएको छ ।
एक महिनाको लागि भएपनी रोजगारी पाएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको कामदारहरु बताउन्छन् । अहिलेका लागि एक महिनाको काम पाएका उनीहरुले अब वर्षेभरी काम पाउनुपर्ने माग गरेका छन् ।
एक महिनाका लागि दिइएको रोजगार कार्यक्रमलाई दीर्घकालीन रुपमा निरन्तरता दिन सके धेरै लाभान्वित हुने थिए ।