जमुना पौडेल र छोरा मोहित पौडेल
अर्घाखाँचीडट्कम संवाददाता
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर – २ बल्कोटको सानो चिदिकाबाट बेपत्ता एक विवाहित महिला छोरो सहित भारतको हिमाचल प्रदेशमा फेला परेकी छिन् ।
बल्कोटको सानो चिदिका गाउँको राजु पोखरा टोलका लालमणि पौडेलकी २६ वर्षिया श्रीमती जमुना पौडेल गत जेष्ठ २४ गते शुक्रबार बिहान देखि छोरो सहित बेपत्ता भएकी थिईन् । बेपत्ता भएको ९ दिनपछि जमुना र छोरा मोहित पौडेललाई भारत राज्यको हिमाचल प्रदेशको सिमलाबाट माइती नेपालको सहयोगबाट फिर्ता ल्याइएको हो ।
श्रीमान लालमणिका अनुसार सल्यान जिल्लाका एक युवकलाई भेटन उनी सिमला पुगेकी थिईन् । सिमलाको गेष्टहाउसमा वर्ष काम गर्दै आएका ति युवासँग फेसबूकबाट नियमित संपर्क हुँदै आएको र उनिसँग प्रेममा परेर उनी जेष्ठ २४ गते देखि ६ बर्षिय छोरा मोहितलाई लिएर त्यहाँ पुगेकी थिईन् । माइती नेपालको संरक्षणमा ति महिला, युवा र बच्चालाई फिर्ता ल्याइएको छ ।
युवाले भने जमुनाले आफु खुशी ठेगाना मागेर सिमला आएको बताएका थिए । जवर्जस्ती नलगेको उनको दावी छ । श्रीमान लालमणिले जमुनाले गर-गहना, ठुलो रकम पैसा लिएर गएको दावी गर्दै आएका छन् ।
माइती नेपालको संरक्षणमा बुटवलको प्रहरी कार्यालय हिरासतमा राखेका युवा छुटेर सल्यान गएका छन् भने उनी जमुना माइती घर गुल्मी जिल्लाको दिघाममा गएकी छन् । उता श्रीमान लालमणिले सम्बन्ध विच्छेद मुद्दा दायर गरेका छन् । जमुनाका श्रीमान् लालमणि पौडेल बैदशिक रोजगारीको शिलशिलामामा कतारमा थिए ।