छत्रगञ्ज, भगवतीको मडेलचौर र मरेङको छेडाठाँटीमा बम फेला (भिडियो, तस्बिर सहित)

प्रेमनारायण आचार्य
छत्रगञ्ज,  अर्घाखाँची १० असार । अर्घाखाँचीका तीन ठाउँमा बम फेला परेको छ । आजको नेपाल बन्दलाइ लक्षित गरेर बम राखिएको आशंका गरिएको छ ।
छत्रदेव गाँउपालिका वडा नम्वर ५ छत्रगञ्जको वार्ड कार्यालय नजिकै, वार्ड  कार्यालय ७ भगवतीको मडेलचौरमा नजिकै र मालारानी गाँउपालिका -१ मरेङको छेडाठाँटीमा गरि तीन ठाउमा बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामीछानेले जानकारी दिए । बम हो या संकास्पद बस्तु भन्नेबारेमा अनुसन्धान पछि मात्र थाहा हुने प्रजिअ लामीछानेको भनाइ छ ।
संकास्पद बस्तुलाइ डिस्पोजल गर्न नेपाली सेनाको टोली बम भएको स्थानमा गएर डिस्पोजल गर्ने तयारी गरि रहेको प्रहरीले जनाएको छ । बन्दका कारण जिल्लाभरको जनजीवन प्रभावित रहेको छ ।  विहानै देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन । शिक्षण सस्था विद्यालय सबै ठप्प छन ।

अन्य समाचारहरु