छत्रदेव गाउँपालिकाद्धारा आव ०७६/०७७ का लागि ४९ करोड ८० लाखको बजेट प्रस्तुत (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
छत्रगञ्ज,  अर्घाखाँची असार १०  ।  अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आव ०७६/०७७ का लागि ४९ करोड ८० लाखको बजेट प्रस्तुत गरेको छ ।
छत्रदेव गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ४९ करोड ८० लाख १७ हजार ८ सय २६ रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
छत्रदेव गाउँपालिकाको आज छत्रगञ्जमा आयोजित छैठौ गाउँसभामा उपाध्यक्ष तुलसादेवि श्रेष्ठले आगामि आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभामा प्रस्तुत भएको बजेट विशेष गरि खानेपानि, कृषि, स्वास्थ्य, पशु र शिक्षामा खर्च गरिने उल्लेख गरिएको छ । आगामि आर्थिक वर्ष २०७६/०७७ का छुट्याईएको बजेट सर्वसम्मतिले पारित भएको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानाकारी दिनुभयो ।

अन्य समाचारहरु