अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाका एक युवा बेपत्ता भएका छन् ।
अर्घाका बाबुराम भाटका २३ वर्षिय कान्छो छोरा चेन्टे नामले चिनिने चेतन भाट गत जेष्ठ ३२ शुक्रबारबाट हराएका हुन् ।
विवाहित चेतन गत जेष्ठ ३२ शुक्रबार गुल्मिको रिडि बजारबाट ठुलापोखरा ससुरालीका जाने भनेर हिंडेका थिए ।
चेतनलाई लामो समयसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी लगायत सबैलाई खोजी दिन अनुरोध गरेका छन् । कसैले देखेमा नजिकको प्रहरी वा
९८६७५१८२३७, ९८४४७५०००४ मा संपर्क गर्न सकिनेछ ।