किमडाँडामा लक्ष्मी गाई पालन कृषक समूहको अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न ( तस्बिर सहित)

प्रकासित मिती: असार १०, २०७६ 

गोपाल प्रसाद भट्टराई
किमडाँडा, अर्घाखाँची – अनुदान लिन कृषि नभइ व्यवसायको रुपमा कृषि गर्नु नै अहिलेको आवस्यता रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । मुलुकको बढ्दो बेरोजगारीलाई अन्त्य गर्न,विदेशिएका युवाहरुलाई स्वदेशमै काम लगाइ आर्थिक समृद्धिमा उन्मुख हुन व्यबसायिक कृषिको खांचो रहेको उनिहरुको भनाई छ ।
किसानका लागि उन्नत विउ विजन कार्यक्रमको सहयोगमा लक्ष्मी गाइ पालन कृषक समुह सन्धिखर्क ८ किमडांडाले संचालन गरेको दुग्ध उत्पादनमा बृद्धि र बजारिकरणको व्यबस्थापन उप आयोजनाको अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । जिल्लामै पहिलो पटक गोठदेखी ओंठ सम्म शुद्ध र गुणस्तरिय दुध पु¥याउने उद्धेश्य सहित मापदण्ड पुरा गरि दुग्ध डेरी संचालन गरेको समुहले अहिले हरेक दिन १ हजार लिटर दुध बितरण गरिरहेको छ ।
दुध उत्पादन बृद्धि र बजारिकरणको निम्ती केयुविकेले प्रदान गरेको १५ लाख र समुहले लगानी गरेको १९ लाख गरि ३४ लाख रुपैयाले ३० वटा भकारो सुधार,३ वटा पानी ट्याङकी निर्माण गर्नुको साथै डेरी उद्योगमा एक थान जेनेरेटर खरिद गरेको आयोजकले जनाएको छ ।यसका साथै विभिन्न सचेतीकरण गोष्ठी,संचारमाध्यमबाट सुचना सम्प्रेषण जस्ता कार्यक्रम गरेको समुहको तर्फबाट चन्द्र प्रसाद बन्जाडेले प्रगति बिबरण सार्वजनिक गर्दै जानकारी गराउनुभएको छ ।
समुहका अध्यक्ष धर्मराज बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सन्धिखर्क ८ का वडा सदस्य कमल पराजुली,केयुविके प्रतिनिधि राधा नेपाली,जनता अधारभुत विद्यालयका अध्यक्ष शिव प्रसाद पोख्रेल लगायतले मन्तव्य राख्दै दुधको गुणस्तरमा ध्यान दिनुपर्ने र उत्पादनमा आधारित अनुदानको व्यबस्था हुनुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभएको हाे ।

अन्य समाचारहरु