पाणिनी क्षेत्रमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम तिव्र, जनता खुसी ( तस्बिर सहित)

डिआरजी सुमन
पाणिनी  (अर्घाखाँची डटकम्/व्युरो)  ।   सामुदायिक प्रहरी साझेदारी “विद्यालय सामुदाय प्रहरी सम्पर्क कार्यक्रमलाई तिव्रता दिएको छ । पाणिनी गाँउ पालिका स्थित पालि प्रहरी चौकिले सामुदायिक प्रहरी कार्यक्रम गाँउ-गाँउ तिव्रता दिएको छ । 
पाणिनी गाँउ पालिकाका विभिन्न स्थानमा नेपाल प्रहरीले लागु गरेको यो कार्यक्रम भर्तापुरमा पनि सम्पन्न भएको छ । गाँजा फडानि,लागु औषध, मदिरा सेवन, लैङ्गीक हिंसा, जवरजस्ति करणी,वाल विवाह, वहु विवाह, सामाजिक तथा साईवर अपराध,सवारी दुर्घटना सहित गाँजा फडानी, जंगली जनावरको आक्रमण वाट वच्ने सम्बन्धि सचेतना मुलक कार्यक्रम लिएर प्रहरी गाँउ गाँउ पुग्ने गरेको छ । 
जनताको सेवामा सदैव खटी रहने प्रहरीले पाणिनी क्षेत्रमा साचिकै जनताको सुरक्षाको प्रत्याभूत गराउन सफल रहेको पाणिनी गाँउ पालिका वडा नं ५ का वडा अध्यक्ष जीवलाल घिमिरे वताउनु हुन्छ ।
पाणिनी गाँउ पालिका क्षेत्रको सुरक्षा व्यावस्था निकै राम्रो छ । कुनैपनि अपराधीक गतिविधि थाहा पाउन साथ हामी उक्त स्थलमा पुगेका छौ पाली प्रहरी चौकि प्रमुख राम नारायण चौधरीले अर्घाखाँची डटकमलाई वताउनु भएको छ । 
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अति राम्रो भएको वताउदै कानुनलाई सम्मान गर्न स्थानीयलाई प्रदेश सांसद रामजी प्रसाद घिमिरेको आग्रह थियो । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम्

अन्य समाचारहरु