पाणिनीको दुर्गम वस्ति भर्तापुर जोड्ने “वर्थान भर्तापुर हल्दे भर्तापुर” मोटरवाटो उद्घाटन कार्यक्रम सम्पन्न ( भिडियो, तस्बिर सहित)
आषाढ़ १२ गते, २०७६ मा प्रकाशित
डिआरजी सुमन
मैदान, पाणिनी (अर्घाखाँची डटकम्/व्युरो) । स्थानीय निकायको निर्वाचन पहिलेको समय सम्म मैदानको कर्णालिको रुपमा परिचित भर्तापुर यतिवेला मिलनचोक वनेको छ । वर्थान भर्तापुर – हल्दे भर्तापुर सड़क खण्डको विकाससँगै भर्तापुरले विकासको गति लिएको छ ।
प्रदेश सरकारको २० लाख लगानीमा टेन्डर मार्फ़त निर्माण कार्य सम्पन्न भएको मोटरवाटोले अव सितगंगा नगरपालिकाको हल्दे हुदै सीतापुर र पाणिनि गाँउ पालिकाको नेटाकापोखरा जोडेसँगै भर्तापुर देखी वुटवल सन्धिखर्क लगायतका स्थानमा सहजै पुग्न सकिने भएको छ । यो समग्र गाँउ विकासको लागी वाटो र पानिको समस्या पुरा गरिएको वताउदै अव विद्युत समस्या पनि निकट समयमै समाप्त पार्ने योजना वनाएको पालिका प्रमुख अच्युत गौतमले वताउनु भएको छ ।
प्रदेश सांसद राम्जी घिमिरेको प्रमुख आथित्यता रहेको कार्यक्रममा पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमको विशिष्ट आथित्यता, पालिका उपादक्ष्य लक्ष्मी गौतम,पुर्व स्रोत व्याक्ति यादव प्रसाद घिमिरे,वडा ५ नं वडा अध्यक्ष जीवलाल घिमिरे, वडा सदस्य धन वहादुर सिंजाली, पालि प्रहरी चौकि ईन्चार्ज राम नारायण चौधरी, अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन,स्वतन्त्र पत्रकार संघ नेपाली ५ नं प्रदेश सह सचिव प्रदीप सुर्यवंशी,जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक नन्द वहादुर सिंजाली,निर्माण व्यावसायि उज्जवल गौतम लगायतको उपस्थिति भएको कार्यक्रममा वाटो समिति अध्यक्ष प्रेम वहादुर सिंजालीको अध्यक्षता,स्थानीय नेता प्रेम नारायण घिमिरेको स्वागत मन्तव्य र शिक्षक दुर्गा वहादुर रोकाहाको संचलनमा सम्पन्न भएको थियो ।
यस्तै मोटरवाटो विकास भएर मात्र नहुने भन्दै अव भर्तापुरले वेसार खेतिलाई निर्यात गर्नेगरी उत्पादनमा जोड़ दिन प्रदेश सांसद रामजी प्रसाद घिमिरेले स्थानीयलाई आग्रह गरेका थिए । विद्यालयमा गुणस्तरिय शिक्षाको लागी जोड़ दिन आवश्यक परेको धारणा राख्दै शैक्षिक स्तरोन्नति लाई प्राथमिकतामा राख्नुपर्नेमा यादव घिमिरेको जोड़ थियो । भर्तापुर वाँसीको वाक्लो उपस्थित रहेको कार्यक्रम पाणिनी ५ भर्तापुरमा सम्पन्न भएको थियो ।