ढिकुरामा १२ हजार कागतिका बिरुवाहरु रोपण

बिन्दु घिमिरे 
ढिकुरा, अर्घाखाँची असार १२ – ढिकुरा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र राष्ट्रिय फलफुल बिकास केन्द्र किर्तीपुरको आयोजनामा बिस्तृत कागती क्षेत्र बिकास कार्यक्रम अन्तर्गत भुमिकास्थान ९ ढिकुराको साबिक १ र २ वडामा १२ हजार कागतीका बिरुवाहरु बुधबार रोपण गरीएको छ । 
रोपण कार्यक्रमको नगरप्रमुख रेशम थापाले शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा भुनपा ९ का वडाअध्यक्ष नारायण प्रसाद खनाल, वडासदस्य देबीप्रसाद पोख्रेल, संस्थाका अध्यक्ष खेमराज चुँदाली, कृषि शाखा अधिकृत कृष्ण बहादुर नेपाली, प्राबीधिक माधबी साह, गिरीप्रसाद पोखरेल, मोतीराम भट्टराइर्, गणेश पोखरेल लगायतका कृषकहरु जम्मा भई स्थानीय गिरीराज घिमिरेको वारीमा कागती लगाइएको हो ।

अन्य समाचारहरु