अर्घाखाँचीमा कांग्रेसको युवा बिधार्थी विभागमा युवा नेता दिपक कुमार श्रेष्ठ मनोनित

डिल्ली खनाल
सन्धिखर्क, अर्घाखाँची अषाढ १३ ।   नेपाली काङ्ग्रेस अर्घाखाँचीको युवा बिधार्थी विभागमा नेपाली काङ्ग्रेसका युवा नेता युवा ब्यबसायी सन्धिखर्क निबासी दिपक कुमार श्रेष्ठ मनोनित भएका छन ।
युवा बिधार्थी ईन्चार्ज पिताम्बर खनालले उनलाई नेपाली काङ्ग्रेसको बिधान अनुसार सदस्यमा मनोनित गरेको नेता पिताम्वर खनालले जानकारी दिनु भयो । 
दिपक श्रेष्ठ नेपाली काङ्ग्रेसका क्रियासिल युवा हुन  लामो समय देखि पोखरामा मुख्य क्षेत्र बनाई गाडीको कारोबार गरेका श्रेष्ठ युवाहरुका माझमा निकै लोकप्रिय झन । उनी व्यापारसगै सामाजिक काम राजनीति गर्दै आएका छन ।  
सहयोगी भावनाका धनी श्रेष्ठले गाउँको बिकास देखि लिएर युवाहरुलाई परेको हरेक समस्या समधान गर्ने जनता प्रेमिको रुपमा अगाडि बढेका छन । उनलाई सदस्यमा मनोनित गरेपछि युवाहरु निकै हर्सित तथा खुसि छन ।

कांग्रेस अर्घाखाँचीको युवा विद्यार्थी विभागको गठन
नेपाली कांग्रेस अर्घाखाँचीको युवा विद्यार्थी विभागको गठन भएको छ । 
युवा विद्यार्थी विभागका संयोजक पिताम्वर खनालले १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको जानकारी दिनु भएको छ । 
जस्को सदस्यहरुमा सञ्जय पाण्डे छत्रदेव ४, विमल गरौजा शितगंगा ७, धर्म वेल्वासे (डिआर) शितगंगा ४, टेकन वेलवासे भुमिकास्थान २, युवराज पाण्डे सन्धिखर्क १, प्रकाश भटराइ छत्रदेव ५, लक्ष्मण घिमिरे भुमिकास्थान ९, अर्जुन पोख्रेल पाणिन १, सुरज रायमाझि भुमिकास्थान ९, चोपलाल श्रेष्ठ सन्धिखर्क ४, सुमित्रा पौडेल सन्धिखर्क १, दिपक श्रेष्ठ सन्धिखर्क १ रहेको संयोजक खनालले जानकारी दिनु भयो । 

अन्य समाचारहरु