सन्धिखर्क नगरपालिकाद्धारा आ.ब २०७६/७७ को बार्षिक निति तथा कार्यक्रम र बजेट सार्बजनिक (तस्बिर सहित)

प्रकासित मिती: असार १३, २०७६

श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीकाको नगरसभाबाट पारीत आ.ब २०७६७७ को बार्षिक निति तथा कार्यक्रम र बजेट बिहिबार नगरपालीकामा पत्रकार सम्मेलन गरी सार्बजनिकिकरण गरीएको छ ।
कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख कमल प्रसाद भुसालले समग्र नगरपालीकाको बिकास निर्माण र स्मार्ट नगरपालीका बनाउने उद्धेश्यले बजेट बिनियोजन गरीएको बताउनु भयो । भुसालले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याईएको समेत प्रष्ट पार्नु भयो । उहाँले नगरको बिकासकालागी सबैको सहयोग र साथ चाहीने भन्दै सकारात्मक सल्लाह सुझाब दिनकोलागी नगरबासीलाई आग्रह पनि गर्नभयो ।
उपप्रमुख ठाकुर कुमार बिकले नगरपालिका भित्रका जनताको समृद्धिको लागी आफुहरु हरपहल लागी रहेको बताउदै सबै नगरबासीको रहर,समृद्ध सन्धिखर्क भन्ने मुल नारालाई आत्मसाथ गरी अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रम नगर प्रबक्ता लिलाराम गौतमको स्वागत मनतब्य र प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीको सन्चालनमा सम्पन्न भएको हो । सन्धिखर्क नगरपालिकाले आ.ब २०७६७७ को लागी रु ६५ करोड १९ लाख ६७ हजारको बजेट विनियोजन गरेको छ । नगरले कृषि,पशुपालन, शिक्षा, स्वास्थ्य, यातायात लगायतलाई पहिलो प्राथमिकतामा राखेको छ ।

अन्य समाचारहरु